Anil Tiwari, Nepal IN Times Team चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे (लामो झरना) नजिक कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । पर्यटकीय स्थल जलविरे झरना घुमेर फर्किने क्रममा भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भई खोलामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पश्चिम बङ्गालको कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको दुर्घटनामा ज्यान गएको हो । डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार दुर्घटनामा परेको थियो । दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा मृतकको साथबाट भेटिएको राहदानीका आधारमा उनको पहिचान खुलेको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा कारमा चालक मात्रै सवार रहेको खुलेको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर खोलामा खस्नुको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । Share this... Facebook Whatsapp Print Post navigation बालेन सरकार ‘इन्डिया र चाइना कार्ड’मा विश्वास गर्दैन : सांसद हरि पन्त नेपाल की अनूठी परंपरा: दीपावली से पहले बेजुबान जीवों को समर्पित है तिहार उत्सव, कुत्तों और बैलों की होती है विशेष पूजा